वामपन्थी नेता प्रदीप नेपालको निधन

काठमाडौं, २३ वैशाख – वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी पार्किन्सन रोगबाट पीडित थिए ।

पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।

Facebook Comments Box