कम लागत प्रणालीमा सडक सुरक्षा सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न
काठमाडौँ, २६ पुस – विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर दुर्घटनाका कारण बर्सेनि १३ लाख मानिसले ज्यान गुमाउँछन् । लाखौं मानिस अंगभंग हुन्छन् । नेपालमा पनि बर्सेनि सयौं मानिस अनाहकमा सडक दुर्घटनाका कारण मारिन्छन् । सडकहरू ‘मृत्युमार्गु बन्ने क्रम रोकिएको छैन ।
यसै बिषयलाई आधार मानेर नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रालय अन्र्तगतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा, कुष्ठरोग तथा अपाङ्गता ब्यवस्थापन शाखाले बिश्व स्वास्थ्य संगठनको सहयोगमा कम लागत प्रणालीमा सडक सुरक्षा सम्वन्धि कार्यशाला गोष्ठी नामक कार्यशाला सम्पन्न गरेको छ । नेपालको परिप्रेक्ष्यमा सडक दुर्घटना बढ्दो छ ।
नेपालमा मात्रै नभई बिश्वमा नै यो ठुलो चुनौतिका रुपमा रहेको छ । सन २०२० को फेब्रररीमा स्कटहोममा भएको मन्त्रिस्तरिय छलफलले २०२१ देखी २०३० लाई दोस्रो सडक सुरक्षा दशकका रुपमा मनाउने निणर्य गरेअनुरुप नेपाल सरकारले पनि यस्मा चासो देखाएको हो । जस अन्र्तगत सन २०३० सम्ममा सडक दुर्घटनावाट हुने मृत्यु लाई ५० प्रतिशतसम्मा झार्ने लक्ष्य सरकारले लिएको छ ।
मानवीय त्रुटि, चालकको लापरबाही, साँघुरा र गाडी सञ्चालनको दृष्टिले प्राविधिक रूपमा अनुपयुक्त सडकहरु दुर्घटनाको मुख्य कारण भएको धारणा छलफलमा सहभागीहरुले राखेका थिए । रुट परमिट दिने पद्धति, सवारी चालक अनुमति वितरण प्रणाली, जीणर् र पुराना सवारी साधन आदि पनि बढ्दो दुर्घटनाका कारक भएको भनाई पनि कार्यक्रममा राखिए ।
कम लागतमा सडक सुरक्षा अपनाउन गुणस्तरिय हेल्मेटको प्रयोग तथा हेल्मेटको अनिर्वायता, मादक पदार्थ सेवन चेकिङका साथै लागुपदार्थ सेवन चेकिङ पनि गर्नुपर्ने, सडक लेनहरु स्पष्टसंग देखीने गरी राख्नुपर्ने, गति नियन्त्रण तथा सिटवेल्टको प्रयोग गर्न सकिने कार्यक्रमको निष्र्कष छ ।
यस्तै चालकको लापरबाहीलाई निरुत्साहित पार्न सडक सुरक्षासँग जोडिएका कानुन, नीतिनियम आदिको कार्यान्वयन, नियमन र अनुगमनलाई पनि जोड दिनुपर्ने कुरा पनि कार्यक्रममा छलफल भएको छ । उक्त कार्यक्रममा सरकारी निकायका सरोकारवाला ब्यक्ति, ट्राफिक प्रहरी, स्वास्थ्य मन्त्रालयका पदाधिकारीका साथै पत्रकारहरुको पनि सहभागिता रहेकोृ थियो ।

