त्रिभुवन विश्वविद्यालयद्वारा विभिन्न २४ वटा क्याम्पसका क्याम्पस प्रमुख नियुक्त
काठमाडौँ, २९ पुस – त्रिभुवन विश्वविद्यालयले विभिन्न २४ वटा क्याम्पसको क्याम्पस प्रमुख नियुक्त गरेको छ। त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो।
क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरेको थियो। छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिए।

Facebook Comments Box

