सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दियाे

काठमाडौँ, ५ पुस – सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र सारंगा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न भनेको हो।

प्रसाईंको तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आजै रिहा गर्न आदेश दिएको प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।

विद्युतीय अपराधको कसुरमा उनीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले मुद्दा चलाएको थियो। सो कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए पनि उनी छुटेका थिएनन्।

उनलाई फेरि आपराधिक लाभको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको थियो। तर प्रसाईंका छोरा निराजन प्रसाईंले बुबालाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए।

Facebook Comments Box