इजरायलद्वारा सिरियामा हमला, १६ जनाको मृत्यु, ३६ घाइते
काठमाडौं , २५ भदौ – इजरायलले सोमबार सिरियाका धेरै सैन्य लक्ष्यमा हवाई हमला गरेको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाका अनुसार १६ जनाको ज्यान गएको छ। सिरियाको सरकारी समाचार एजेन्सी सानाले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै ३६ जना घाइते भएको जानकारी दिएको छ।
जसमध्ये ६ जना गम्भीर घाइते छन्। बीबीसीका अनुसार इजरायली सेनाले विदेशी सञ्चारमाध्यमका रिपोर्टबारे कुनै प्रतिक्रिया नदिने बताएको छ। सिरियाको विदेश मन्त्रालयले आक्रमणको निन्दा गरेको छ।
Facebook Comments Box

