सुर्खेत जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
सुर्खेत, १७ जेठ – सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जिप सुर्खेत–दैलेख सडक खण्डअन्तर्गत वीरेन्द्रनगरको रातानाङ्गला नजिक दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बिहीबार विहान भे १ च २५६० नम्बरको बोलेरो जिप उक्त सडकखण्डमा दुर्घटनामा परेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको थियो । जिपमा ६ जना सवार रहेका थिए । ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले चार जनाको शव उद्धार गरेर सडकमा ल्याइएको जानकारी दिनुभयो ।
घाइते दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन गरिएको छ ।
Facebook Comments Box

