१९ वर्षीया युवतीको शव पशुपतिको जंगलमा भेटियो
काठमाडौँ, २ चैत – काठमाडौँको पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ। पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकै सिन्धुली घर भएकी १९ वर्षीया युवतीको शव भेटिएको प्रहरीले जनाएको छ। गौशाला प्रहरी वृत्तका अनुसार उक्त शव सिन्धुली घर भएकी सुस्मिता थापाको हो। उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ। केही दिनअघि भक्तपुर आफन्तकोमा जान्छु भनेर उनी कोठाबाट निस्केपछि बेपत्ता भएकी आफन्तले बताएका छन्।
Facebook Comments Box

