बागमती नदीको किनारमा एकजना पुरुषको शव फेला
काठमाडौँ, १३ भदौ – मकवानपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बागमती गाउँपालिका वडा नम्बर–१ करौजेस्थित बागमती नदीको किनारमा एकजना पुरुषको शव फेला परेको हो।
नाम, थर, वतन नखुलेको करिब ३६र३७ वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। पुरुषको शव सडेर गलि सकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त शव नदीले बगाई ल्याएको जस्तो देखिने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।
Facebook Comments Box

