धरानमा जारी निषेधाज्ञा लागू गर्न ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौँ, ९ भदौ – शुक्रबार मध्यरातीबाट धरानमा जारी निषेधाज्ञा लागू गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको हो।

स्थानीय प्रशासनले धरानमा २४ घण्टे निषेधाज्ञा गरेको छ। सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि जारी गरिएको हो।

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम-दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍यालीर भेला गर्न रोक लगाइएको छ।

Facebook Comments Box