कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा विश्वासको मत मागे
काठमाडौँ, १४ असार – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभा बैठकमा विश्वासको मत मागेका छन्। विश्वासको मत मागेपाछि दलका संसदीय दलका नेताहरूले प्रदेशसभा बैठकमा सम्बोधन गरेका थिए।
लगत्तै सभामुख बाबुराम घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित गरेका छन्। प्रदेश सभामा रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन दिने बताएका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) विपक्षमा उभिएका छन्।
जनता समाजवादी पार्टी तटस्थ बस्ने निर्णय गरिसकेको छ। आधा घन्टाका लागि स्थगित भएको बैठक फेरि सुरू हुँदा मुख्यमन्त्री कार्कीले राजीनामा दिन्छन् कि विश्वासको मतमाथि मत विभाजन हुन्छ भन्ने टुंगो लागेको छैन।
Facebook Comments Box

