सिंचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ, ४ असार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

उनको ३ करोड ५६ लाख ७७ हजार ३४६ रुपैयाँ १७ पैसा सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै अख्तियारले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

३० फागुन २०५१ देखि ३१ भदौ २०७९ सम्म सार्वजनिक सेवामा रहेका राजभण्डारीले ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ ६५ पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारले जनाएको छ । यसमध्ये ३ करोड ८५ लाख ५१ हजार ७४० रुपैयाँ ४८ पैसा वैधानिक आय भएको अख्तियारको ठहर छ ।

Facebook Comments Box