काठमाडौँ उपत्यकामा ३ हजार ९८ जना सहित देशभर थप ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ३ जेठ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ९८ जना सहित देशभर थप ९ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ३४६, भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा २१ हजार ६५३ जनाको आरटी पीसीआर तथा ४३४ जनाको एन्टीजेन सहित २२ हजार ८६ जनाको परिक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१५ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ ।
यसैगरी, देशभरका क्वारेन्टाइनमा ७०८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार ७६७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ५ हजार २१५ रहेको छ ।

Facebook Comments Box