अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री हस्तान्तरण र वितरण कार्यक्रम सम्पन्न

काठमाडौँ, ११ जेठ – गोदावरी नगरपालिका अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री हस्तान्तरण र वितरण कार्यक्रम सम्पन्न भएको छ।गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त कार्यक्रम भएको हो।

जेष्ठ ९ गते सम्पन्न कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाको प्रमुख आतिथ्यमा तथा नेपाल अपाङ्ग महिला समाजको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले कार्यक्रमलाई सफल बनाउन सहयोग गरेकोमा सबैलाई धन्यवाद दिनु भयो ।

कार्यक्रममा वडाअध्यक्षहरु राज घिमिरे, निरज बज्राचार्य,विशेष प्राविधिक सहयोग प्रदान गर्नुहुने नेपाल अपाङ्ग महिला समाजका वशिष्ठ अधिकारी र सन्तोष विष्ट साथै समन्वयात्मक भूमिका निर्वाह गर्नुहुने स्वास्थ्य कार्यालयका राजाराम अधिकारी र आनन्दवन अस्पतालका कान्छा श्रेष्ठ, स्वास्थ्य शाखाका प्रतिनिधि लगायतको सहभागिता थियो।

Facebook Comments Box