दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु
काठमाडौँ, ३ वैशाख – दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका-१ घुल्जरमा लागेको नयाँ वर्ष (बिसु) को जात्राबाट घर फर्किने क्रममा भिरबाट लडेर दुई जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार मार्मा गाउँपालिका-१ घोल्जर पाखुकी ५१ वर्षीया कुटुमा देवी ठगुन्ना र साथमा रहेकी नातिनी पर्ने २ वर्षीया सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको छ।
उनीहरू शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला बेपत्ता भएका थिए। शनिबार उनीहरुको शव सुङगर भिरमा फेला परेको प्रहरीले जनाएको छ। शवलाई लटिनाथ स्वास्थ्य चौकीमा राखिएको छ। अहिले ईलाका प्रहरी कार्यालय लटिनाथको टोली घटनास्थलमा छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
Facebook Comments Box

