मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ १० दलको बैठक बिनानिष्कर्ष टुंगिएयाे

काठमाडौँ, १४ चैत – मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्तारुढ १० दलको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार अपरान्हबाट सुरु भएको बैठक बिनानिष्कर्ष टुंगिएको हो।

बैठक बुधबार बिहान ९ बजे फेरि बस्ने गरी बैठक सकिएको छलफलमा सहभागी एक नेताले जानकारी दिएका छन्। छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीले ३-३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेको छ।

बैठकमा सरकारको साझा न्युनतम कार्यक्रम वितरण भएको अर्का एक नेताले जानकारी दिए। बैठकमा वितरित कार्यक्रमबारे दलहरूले आन्तरिक छलफल गर्ने र बुधबार बिहान ९ बजे फेरि बैठक बस्ने उनले बताए।

Facebook Comments Box