दिलीप महतो हत्या प्रकरणमा तीन जना दोषी ठहर

काठमाडौं, ३ फागुन – क्रसर व्यवसायीहरुले गर्दै आएको अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएको दिलीप महतोलाई मनसाय पूर्वक हत्या गरिएको जिल्ला अदालत धनुषाले ठहर गरेको छ।

महतोलाई विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोले मनसाय पूर्वक हत्या गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले दिलीपको हत्यामा विपिन र मुनिन्द्रलाई प्रमुख कसुरदार र जितेन्द्रलाई मतियारको रुपमा ठहर गरेको हो।

दिलीपको हत्यामा संलग्न रहेको आरोप लागेका शत्रुधन महतो, सत्यनारायण महतो, विनोद महतो रोशनकुमार यादवलाई सफाई दिइएको श्रेस्तेदार विकास वस्नेतले जानकारी दिए।

यद्यपि, जिल्ला अदालत धनुषाले सजाय अहिले तय गरेको छैन। दोषी ठहर गरिएकाहरुलाई कति सजाय दिइने विषयमा न्यायधीश गुरुङले आगामी फागुन १२ गते निर्धारण गर्नेछन्। मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपको २०७६ पुस २५ गते हत्या गरिएको थियो।

Facebook Comments Box