तराईमा हुस्सु/कुहिरो, उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं, २६ पुस – हाल  सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली र देशका बाँकी स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

महाशाखाको अनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।यस्तै राति पहाडी भेगमा आंशिक बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

मौसमविद् बिनु महर्जनका अनुसार ३ हजार मिटरभन्दा अग्ला भूभागलाई उच्च पहाडी क्षेत्र मानिन्छ, जसमा काठमाडौँ उपत्यका पर्दैन। जसमा भनिएको छ : उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही भूभागमा बाक्लो हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य , सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

Facebook Comments Box