पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ पुुस – पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५२७ आरटी पीसीआर तथा ९०५ एन्टीजेन परिक्षण सहित १ हजार ४३२ जनाको परिक्षण गर्दा थप ८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५३ हजार १९१ रहेको छ भने सक्रिय संक्रमितको संख्या १६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८८ हजार ९४० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शुन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १९ पुगेको छ ।

Facebook Comments Box