काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने

काठमाडौँ, २९ मङ्सिर – काठमाडौं महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । एक सूचना जारी गर्दै हानगरले केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने जानकारी दिएको हो ।

महानगरको प्रशासन विभागले सूचना जारी गर्दै आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको हो ।

Facebook Comments Box