एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता

काठमाडौँ, २८ मङ्सिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ । मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताए ।

त्यस अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको उनको भनाइ छ । ‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन । त्यसकारण यसबीचमा हुने भेटघाट बधाई दिनेमै केन्द्रित हुन्छन्’ उनले  भने ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन् । यसअघि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।

Facebook Comments Box