सुनसरीको प्रदेशसभा २ (१) मा ३ हजारले लिड गर्दै रेवती, द्वारिकलाल तेस्रो स्थानमा
काठमाडौँ, ८ मङ्सिर – इटहरीका १० र रामधुनी नगरपालिकाका दुई वडा मिलेर बनेको सुनसरी २ (१) को जारी गणनामा नेकपा एमालेका रेवतीरमण भण्डारीले तीन हजार मतान्तरले अग्रता लिइरहेका छन् । उनीसँगै प्रतिस्पर्धामा रहेका पूर्वसहकर्मी माओवादी उमेदवार तथा पूर्वमेयर द्वारिकलाल चौधरी तेस्रो स्थानमा छन् ।
चौधरीलाई राप्रपाले थोरै मतले लिड गरिरहेको छ । पछिल्लो अपडेटअनुसार भण्डारीको ८३२४ मत आउँदा राप्रपाका मोहनबहादुर खत्रीको ५३४८ मत ल्याएर पछ्याइरहेका छन् । द्वारिकलालको ५०४७ मत छ । चुनावको संघारमा पार्टी परिवर्तन गरी द्वारिकलाल माओवादी प्रवेश गरेका थिए । स्वतन्त्र उमेदवार दीपेन्द्र घिमिरे २९६१ मतका साथ चौथो स्थानमा छन् ।
Facebook Comments Box

