नेकपा एमाले स्थायी कमिटीको बैठक आज बिहान ९ बजे बस्ने
काठमाडौँ, २६ भदौ – नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिबार) बिहान बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेबरहादुर तामाङका अनुसार बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान ९ बजे बस्ने भएको हो।
बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने उनले जानकारी दिए। एमाले स्थायी कमिटी बैठक हिजै (शुक्रबार) अपराह्न ४ बजे बस्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको हो।
Facebook Comments Box

