मोरङकाे चार स्थानमा मतगणना तयारी
काठमाडौं, ४ मंसिर – मोरङकाे चार स्थानमा मतगणना तयारी गरिएको छ। विराटनगर को आदर्श माविमा क्षेत्र नम्बर ४,५र ६ को मत गणना गरिने छ भने अन्य निर्वाचन क्षेत्रको मत गणना विराटनगर बाहिर गर्ने व्यवस्था मिलाइएको छ।
विराटनगरको आदर्श स्कुलमा हुने तीन क्षेत्रको मतणनाका लागि प्रशासनले बाँसको घेरा लगाएको छ। क्षेत्र नम्बर ४, ५ र ६ को मतणना स्थलमा गणक र दलका प्रतिनिधि बस्ने स्थान छुट्याउन बासको घेराबार लगाएको हो। मोरङमा ६ प्रतिनिधिसभा र १२ प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।
आइतबारको निर्वाचनपछि उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरी चार स्थानमा गणना गर्न लागिएको हो । मोरङ निर्वाचन क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिकाको कार्यलयमा २ को विश्वनाथ मन्दिर र क्षेत्र नम्बर ३ को भगवती मावि बेलवारीमा मत गणना गिरने छ।मतदानको कार्य सकिएकाले अहिले मत पेटिका संकलन गरि मतगणना स्थालमा ल्याउने कम सुरु भएको छ।

