अन्जनको गोलमा नेपालले पाकिस्तानलाई हरायो
काठमाडौं, ३० कात्तिक – घरेलु टोली नेपालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।
दशरथ रंगशालामा ५० औं खेल खेलेको नेपाललाई जित दिलाउन अन्जन विष्टले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा अन्जनले गोल गरेका हुन् । अन्जनले सुनिल बलको लामो पासमा उत्कृष्ट गोल गरे ।
नेपालको लागि अन्जनको यो ११ औं गोल हो । अन्जन सर्वाधिक गोलकर्ता हरि खड्का र निराजन राइमाझी भन्दा दुई गोलले पछि रहेका छन् ।
Facebook Comments Box

