प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त बैठक बस्दै

काठमाडौँ, १६ कात्तिक – प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त बैठक आह्वान गरेकी छन्। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार हालको राजनीतिक तथा प्रशासनिक परिवर्तित अवस्थामा संघीय र प्रादेशिक सरकारबीच संवाद र सहकार्यलाई सुदृढ बनाउन बैठक बोलाइएको हो।

बैठकमा प्रदेश सरकारका प्रमुख कार्यकारीहरूसँग विकास आयोजना, बजेट कार्यान्वयन, सेवा प्रवाहमा देखिएका चुनौतीहरू र संघ–प्रदेश समन्वयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकका लागि निमन्त्रणा पाउने मुख्यमन्त्रीहरू —

  • कोशी प्रदेश: हिक्मतबहादुर कार्की

  • मधेश प्रदेश: जितेन्द्रप्रसाद सोनार

  • बागमती प्रदेश: इन्द्रबहादुर बानियाँ

  • गण्डकी प्रदेश: सुरेन्द्रराज पाण्डे

  • लुम्बिनी प्रदेश: चेतनारायण आचार्य

  • कर्णाली प्रदेश: यामलाल कँडेल

  • सुदूरपश्चिम प्रदेश: कमलबहादुर शाह

बैठकमा संघीय तहका प्रमुख सचिव तथा सम्बन्धित मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी गरिएको छ। बैठकपछि सहकार्य सुदृढीकरणका लागि संयुक्त प्रतिवेदन वा कार्ययोजना सार्वजनिक गर्ने सम्भावना रहेको बताइएको छ।

Facebook Comments Box