आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सुपर १२ का खेल हुँदै

काठमाडौँ, ५ कात्तिक – आईसीसी टी२० विश्वकप क्रिकेटअन्तर्गत शनिबारदेखि सुपर १२ का खेल हुँदैछन्। शुक्रबार भएका दुई खेलबाट आयरल्याण्ड र जिम्बाबेले माथिल्लो चरणमा पुगेसँगै सुपर १२ को समीकरण पूरा भएको हो।

नेदरल्याण्ड्स र श्रीलंकाले यसअघि नै सुपर १२ मा आफ्नो स्थान पक्का गरेका थिए। सुपर १२ को पहिलो खेलमा शनिबार नेपाली समयअनुसार पौने १ बजे अष्ट्रेलिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै दोस्रो खेलमा अपराह्न पौने ५ बजे अफगानिस्तान र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

Facebook Comments Box