काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने

काठमाडौँ, २३ असोज – काठमाडौं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबीचको भागबण्डामा आफ्नो भागमा परेको काठमाडौं ५ मा कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पौडेलले आफ्नो गृह जिल्ला तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने तयारी गरेका थिए । तर उनलाई पार्टीले काठमाडौंमा उम्मेदवार बनाएको हो । यही क्षेत्रबाट रञ्जु दर्शनाले पनि स्वतन्त्र उम्मेदवारी दिने छिन् ।

Facebook Comments Box