लोसपाका निवर्तमान संघीय सांसद एकबाल मिया नेकपा एमालेमा प्रवेश

काठमाडौं, २२ असोज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का निवर्तमान संघीय सांसद एकबाल मिया शनिबार बिहान नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटबाट पार्टीमा स्वागत गरेका छन्। एमालेले उनलाई बारा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको टिकट दिने भएको छ।

महन्थ ठाकुर नेतृत्वको लोसपा पाँच दलीय सत्ता गठबन्धनमा मिसिएपछि त्यस पार्टीका नेताहरु एमालेमा प्रवेश गरिरहेका छन्। उपेन्द्र यादव नेतृत्वको जसपाले एमालेसँग तालमेल गरेर देशभर संघीय संसदका २५ सिट लिएको छ।

Facebook Comments Box