काठमाडौं उपत्यकामा ३८ जना सहित देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ६ असोज – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३८ जना सहित देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा १ हजार १९० आरटी पीसीआर तथा २ हजार ७२ एन्टीजेन परिक्षण सहित ३ हजार २६२ जनाको परिक्षण गर्दा थप ६६ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ३४३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ४०५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप १३७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ८५ हजार ८५७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १२ हजार १५ पुगेको छ ।

