पत्नीको हत्या गरेर फरार कैलालीका युवक पक्राउ
काठमाडौं, ६ असोज – पत्नीको हत्या गरेर फरार भएका कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डैयाका ३५ वर्षीय शेरबहादुर नाम्जाली मगर पक्राउ परेका छन्। आफ्नै गाउँको बिसटोलमा हिडिरहेका बेला उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रवीन्द्रराज पाण्डेयले जानकारी दिए।
मगरले बिहीबार बिहान ३२ वर्षीया पत्नी ललीतालाई कुटपिट गरी हत्या गरेका थिए। छोराछोरीलाई पनि कुटपिट गरी घाइते बनाएका छन्। डिएसपी पाण्डेयका अनुसार पछ्यौरी र रेबनले घाँटी कसेर उनले पत्नीको हत्या गरेको देखिएको छ।
मगरकी १७ वर्षीया छोरी लक्ष्मीलाई भने धारिलो हतियारले टाउँकोमा हिर्काउदा उनी घाइते छिन। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। १२ वर्षीय छोरा विजयलाई भने सामान्य चोट लागेको छ। भारतमा रोजगारी गर्ने मगर हिजो मात्रै घर फर्किएका थिए।

