नेपाल टी-२० लिगको मार्की प्लेअर घोषणा

काठमाडौं, २५ भदौ – पहिलो पटक आयोजना हुन लागेको नेपाल टी-२० लिगको मार्की प्लेअर घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले शनिबार ड्राफ्टबाट सहभागी ६ टिमका लागि मार्की प्लेअर छुट्याएको हो ।

जसमा आसिफ शेख पोखरा एभेन्जर्स, दीपेन्द्र सिंह ऐरी लुम्बिनी अल स्टार, ज्ञानेन्द मल्ल कान्तिपुर क्यापिटल, करण केसी फार वेस्टर्स युनाइटेड, रोहित कुमार पौडेल विराटनगर सुपर किंग्स र सोमपाल कामी जनकपुर रोयल्समा अनुबन्धित भएका छन् ।

यी सबै खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । मार्की प्लेयर घोषित सबै खेलाडी क्याटेगोरी ए का हुन् । पोखराले ड्राफ्ट (खेलाडी अनुबन्धन प्रक्रिया) बाट क्याटेगोरी ए का अर्का खेलाडी शरद भेषावकरलाई पनि अनुबन्ध गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

क्याटेगोरी ए मा भएकामध्ये आरिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अविनाश बोहरा र सुवास खकुरेल भने बी क्याटेगोरीमा झरेका छन् ।टी-२० लिगको ड्राफ्टमा ९२ जना थिए ।

त्यसमध्ये पहिलो दिन टिमहरुले ७ खेलाडी लिए । अब बाँकी ड्राफ्ट दोस्रो दिन आइतबार हुने क्यानले जनाएको छ । नेपाली खेलाडी शरेक टिमले ११-११ जना लिनेछन् । कूल ६६ खेलाडी ६ टिममा अनुबन्ध हुनेछ ।

Facebook Comments Box