नेपालकाे कानुन मान्रछु सबै कुराको सामना गर्छु : सन्दीप लामिछाने

काठमाडौँ, २४ भदौ – बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले नेपालका कानुन मान्ने र सबै कुराको सामना गर्ने बताएका छन् । आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले बताएका छन् । लामिछानेले ट्वीट गर्दै सो कुरा बताएका हुन् ।

उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ । त्यसअघि उनले क्यानलाई कानुनी सहायताका लागि आग्रह गरेका थिए ।

Facebook Comments Box