एनपिएल : पहिलो क्वालिफायरमा आज सुदूरपश्चिम र विराटनगर भिड्दै

काठमाडौँ, २३ मङ्सिर – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा अपराह्न ४ बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको थियो भने विराटनगर दोस्रो स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो।

सुदूरपश्चिमले सातमध्ये छ खेल जित्दै शीर्षस्थान हासिल गरेको थियो। उसले लिग चरणमा पराजय भोगेको एकमात्र टोली विराटनगर नै हो। विराटनगरले सातमध्ये पाँच खेल जितेको थियो भने चितवन र लुम्बिनीविरुद्ध हार बेहोरेको थियो।आजको खेल जित्ने टोली सिधैँ फाइनलमा प्रवेश गर्नेछ। पराजित टोलीले भने उपविजेता बन्ने दोस्रो मौका पाउने इलिमिनेटर खेल्नुपर्नेछ।

Facebook Comments Box