न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं, २१ भदौ – न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको बैठकले दुई जना उच्च अदालतका न्यायाधीश र एक जना ल क्याम्पसका प्रमुखलाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको हो।

उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दिक्षित र न्यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ। यस्तै नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई पनि सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसी र मीरा खड्काले अवकाश पाएका थिए। यस्तै हालका कामु प्रधानन्यायाधीश दिपक कार्की असोजमा अवकाश हुँदैछन्। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि मंसिरमा अनिवार्य अवकाश हुनेछन्।

Facebook Comments Box