भौतिक योजनामन्त्री घिसिङद्वारा पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने घोषणा

काठमाडौँ, ३० भदौ – नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सार्वजनिक संरचनाहरूको पुनर्निर्माणका लागि विशेष कोष (फण्ड) स्थापना गर्ने घोषणा गरेका छन्।

मन्त्री घिसिङले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै उक्त कोषबारे मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्ने जानकारी दिएका छन्। “हामीले तत्कालै क्षतिग्रस्त सार्वजनिक संरचनाहरू पुनः निर्माण गर्नुपर्नेछ,” उनले भने, “आक्रोशका कारण क्षति भयो, तर अब हामीले नै बनाउने हो।”

उनले कोषमा रकम जम्मा गर्नका लागि नेपाल बाहिर रहेका नेपालीहरूलाई समेत योगदान गर्न आग्रह गरेका छन्।

Facebook Comments Box