नेकपा एमालेका नेता महेश बस्नेतले फेक भिडिओ हालेर आफ्नो चरित्र हत्या गरिएको गुनासो
काठमाडौं, १४ भदौ – नेकपा एमालेका नेता महेश बस्नेतले फेक भिडिओ हालेर आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेका छन्। काठमाडौंका मेयर बालेन्द्र शाहविरूद्ध आक्रमकरूपमा प्रस्तुत हुँदै आएका उनले आफूलाई लखेटेको भन्दै सिन्धुपाल्चोकको भिडिओ भाइरल गरिएको जिकिर गरेका छन्।
माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौतारामा मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले गत वैशाखको मनोनयनका क्रममा माओवादी कार्यकर्ताले रोक्न खोजेका थिए।
त्यही भिडिओ सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत भक्तपुरका वाईसीएल कार्यकर्ताबाट लखेटिएको भनिएपछि उनले यस्तो गुनासो गरेका हुन्।
माओवादी केन्द्रकै कार्यकर्ताबीच वैशाखमा भएको तनावको भिडिओ राखेर चरित्र हत्या गरिएको उनले बताएका हुन्।बस्नेतले यसविरुद्ध आफू कानुनी प्रक्रियामा जाने पनि उल्लेख गरेका छन्। बस्नेतले आफ्नो चरित्र हत्यामा माओवादी कार्यकर्ताको संलग्न रहेको पनि जिकिर गरेका छन्।

