नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमिति चयन

सिन्धुपाल्चोक, १३ भदौ – नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देउवाले देहायका विभिन्न व्यक्तिहरुलाई मनोनयन गर्नु भएको छ ।

मनोनयन पर्ने केन्द्रिय सदस्हरुमा सिन्धुपाल्चोकको लिसंखु पखार गाउँपालिका ठुलो धादिङ्ग वडा १ का तिर्थ लामा, लिसंखु २ का पूणर्सिद्धी लामा र कामी शेर्पालाई मनोनित गर्नु भएको छ साथै अरु विभन्न जिल्लाबाट पनि केन्द्रिय सदस्य समितिमा मनोनित गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निणर्य अनुसार पार्टी सभापति एवंम प्रधानमन्त्रि शेरबहादुर देउवाले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तीमगरलाई नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा मनोनयन गर्नु भएको थियो ।

Facebook Comments Box