काठमाडौं उपत्यकामा ३७९ जना सहित देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ जना सहित देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ३ हजार ८७६ आरटी पीसीआर तथा २ हजार ५०७ एन्टीजेन परिक्षण सहित ६ हजार ३८३ जनाको परिक्षण गर्दा थप ८५२ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४२ हजार ५३२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३२८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७६ हजार ९३७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या शन्य रहेकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९० पुगेको छ ।

Facebook Comments Box