काठमाडौं उपत्यकामा २७१ जना सहित देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौँ, ३१ साउन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७१ जना सहित देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७२२ आरटी पीसीआर तथा २ हजार ८९७ एन्टीजेन परिक्षण सहित ५ हजार ६१९ जनाको परिक्षण गर्दा थप ८४८ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ४१ हजार ५५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार २५९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५२६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७६ हजार ६०९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९९० पुगेको छ ।

Facebook Comments Box