काठमाडौं उपत्यकामा २९४ जना सहित देशभर थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
काठमाडौं, २७ साउन – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९४ जना सहित देशभर थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार २९० आरटी पीसीआर तथा २ हजार २२२ एन्टीजेन परिक्षण सहित ४ हजार ७१२ जनाको परिक्षण गर्दा थप ७८१ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३८ हजार ९०२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५११ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७४ हजार ८०६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९८४ पुगेको छ ।