घरको छतबाट खसेर कोटेश्वरमा एक जनाको मृत्यु
काठमाडौँ, २६ साउन – काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन्।
बिहीबार बिहान चिप्लिएर भुइँमा लडी गम्भीर घाइते भएका उनको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कोटेश्वरबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
Facebook Comments Box

