प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आज देखि दल दर्ता सुरु

काठमाडौँ, २२ साउन – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आज दल दर्ता सुरु गर्दै छ। आयोगले शुक्रबार सूचना जारी गरी साउन १९ सम्म दर्ता कायम रहेका राजनीतिक दलहरूलाई संविधानको धारा २७१ बमोजिम आज साउन २२ गते देखि साउन ३१ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको हो।

यसअनुसार मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन चाहने दलहरूले आज निर्वाचन प्रयोजनका लागि दल दर्ता सुरु गर्नेछन्।

Facebook Comments Box