काठमाडौँमा उपत्याकामा ३५१ जना सहित देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १९ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ३५१ जना सहित देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ५८९ आरटी पीसीआर तथा ३ हजार ३३७ एन्टीजेन परिक्षण सहित ५ हजार ९२६ जनाको परिक्षण गर्दा थप ७७० जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ३०६ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३२४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ७१ हजार २५० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्य भएकाे स्वाथ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९६९ पुगेको छ ।

