अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगे

काठमाडौँ, १२ साउन – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका हुन् ।

नयाँ दिल्ली हुँदै काठमाडौं आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई भेट्ने तय भएको छ । नेपालस्थित अमेरिकी दूतावासले लूको नेपाल भ्रमण नियमित भएको जनाएको छ ।

Facebook Comments Box