काठमाडौँमा उपत्याकामा ३२४ जना सहित देशभर थप ७१० जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ, १२ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा ३२४ जना सहित देशभर थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ५४१ आरटी पीसीआर तथा २ हजार ४८४ एन्टीजेन परिक्षण सहित ५ हजार २५ जनाको परिक्षण गर्दा थप ७१० जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २७ हजार ३७८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ४ हजार २३६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २१५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६९ हजार २१९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९६२ पुगेको छ ।

Facebook Comments Box