काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढदै, एक हप्तामा थपिए एक हजार भन्दा बढी कोरोना संक्रमित

काठमाडौं, ९ पुस – एक हप्तामा उपत्यकामा एक हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर गरेर एक हजार ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार काठमाडौँ उपत्यकामा १५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०६ ,भक्तपुरमा १० र ललितपुरमा ३५ गरेर १५१ जना रहेका छन्।

बिहीबार काठमाडौंमा १०१, भक्तपुरमा १३ र ललितपुरमा ३४ जना गरि १४८ जना संक्रमित थपिएका थिए । बुधबार काठमाडौंमा ७६, भक्तपुरमा १३ र ललितपुरमा ३६ जना गरि १२५ जना संक्रमित थपिएका थिए।

मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा ९०, भक्तपुरमा १८ र ललितपुरमा ३८ जना गरि १४६ जना संक्रमित थपिए । त्यस्तै सोमाबार काठमाडौंमा ८९, भक्तपुरमा सात र ललितपुरमा ३३ जना गरि १२९ जना संक्रमित थपिएका छन् ।

आइतबार काठमाडौंमा ६४, भक्तपुरमा छ र ललितपुरमा १३ जना गरि ८३ जना संक्रमित थपिएका छन् । शनिबार मन्त्रालयका अनुसार काठमाडौंमा ७५, भक्तपुरमा नौ र ललितपुरमा २६ जना गरि ११० जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा अहिलेसम्म दुई लाख ५४ हजार ८५८ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा दुई लाख ५१ ह्जार ८२७ जना निको भएका छन् भने दुई हजार २३६ जनाको मृत्यु भएको छ । काठमाडौंमा ७९५ जना संक्रिय संक्रमित रहेका छन् ।

भक्तपुरमा अहिलेसम्म ३० हजार ३२१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा २९ हजार ३८३ जना निको भएका छन् भने ४३७ जना संक्तमितको मृत्यु भएको छ । भक्तपुरमा ५०१ जना संक्रिय संक्रमित रहेका छन् ।

ललितपुरमा अहिलेसम्म ५१४ हजार ११३ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा ४९ हजार ८०१ जना निको भएका छन् भने ७०६ जना संक्रमिको मृत्यु भएको छ । ललितपुरमा ६०६ जना संक्रिय संक्रमित रहेका छन् ।

नेपालमा अहिलेसम्म आठ लाख २६ हजार ९०१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमा आठ लाख १० हजार २७१ जना संक्रमित कोरोनामुक्त भएका छन् भने ११ हजार ५ सय ८२ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

देशभरमा पाँच हजार ४८ जना संक्रिए संक्रमित रहेका छन् । जसमा ९१ जना संक्रमितको आई सी यू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । सरकारले अहिलेसम्म दुई करोड २८ लाख ४० हजार १८९ मात्रा खोप लगाइएको छ।

Facebook Comments Box