काठमाडौँमा उपत्याकामा २७६ जना सहित देशभर थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु
काठमाडौँ, ११ साउन – काठमाडौँ, १० साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २७६ जना सहित देशभर थप ५६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ७७८ आरटी पीसीआर तथा १ हजार ६७६ एन्टीजेन परिक्षण सहित ४ हजार ४५४ जनाको परिक्षण गर्दा थप ६३८ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ९६८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार ९२९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २०२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६९ हजार ४ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे स्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९६० पुगेको छ ।

