अमेरिकी राज्य क्यालिफोर्नियामा डढेलो, आपत्काल घोषणा
काठमाडौँ, ९ साउन – संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ। शुक्रबारबाट व्यापक रूपमा फैलिन सुरु भएको डढेलो २४ घण्टा बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन।
“व्यापक रूपमा फैलिइरहेको डढेलो अग्नि नियन्त्रकका लागि पनि चुनौतीपूर्ण हुन्छ,” क्यालिफोर्नियाको वारुण विभागले भनेको छ। डढेलोपछि तीन हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक दर्जन घरहरू पूर्णरूपमा जलेका छन्।
डढेलो ११ हजार ९०० एकडमा फैलिएको र यो अहिले संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ। डढेलो प्रभावित क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपत्काल घोषणा गरिएको छ।
Facebook Comments Box

