काठमाडौँमा उपत्याकामा २१६ जना सहित देशभर थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाकाे मृत्यु
काठमाडौँ, ८ साउन – पछिल्लो २४ घण्टामा काठमाडौँमा उपत्याकामा २१६ जना सहित देशभर थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा २ हजार ३६० आरटी पीसीआर तथा १ हजार ५२८ एन्टीजेन परिक्षण सहित ३ हजार ८८८ जनाको परिक्षण गर्दा थप ३४७ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ११ लाख २५ हजार १२४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ३ हजार १७७ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ९५ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाकाे मृत्यु भएकाे स्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ९५६ पुगेको छ ।

