भक्तपुरमा रुख ढलेर च्याप्दा तीन जनाको मृत्यु

काठमाडौँ, ८ साउन – भक्तपुरको भक्तपुर नगरपालिका- १ सल्लाघारीमा २४ घन्टाभित्र दुई वटा रुख ढल्यो । शनिबार पहिलो पटक ढलेको रुखले कुनै क्षति भएन, रुखलाई काटेर हटाइयो र बाटो खुलाइयो ।

आइतबार दिउँसो रुख ढल्दा भने ३ जनाको ज्यान गयो । काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई ढलेको रुखले च्याप्दा तीन जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । शनिबार र आइतबार ढलेका दुवै रुख सल्लाका हुन् । दुवै रुख जरैदेखि उखेलिएर सडकमा ढलेका थिए ।

Facebook Comments Box